×

श्रीलंकाले टी–२० विश्वकपमा आइतबार विजयी सुरुआत गरेको छ।   कोलम्बोमा भएको खेलमा आयोजकले आयरल्यान्डलाई २० रनले पराजित गरेको हो। 

जितका लागि १ सय ६४ रन पछ्याएको आयरल्यान्ड १९ दबमलव ५ ओभरमा १ सय ४३ रन मात्र बनाउन सक्यो। आयरल्यान्डका लागि ह्यारी टेक्टरले २३ रनमा ३४ रन बनाए। यस्तै, रस अडिरलले ३४ रन बनाए।  श्रीलंकाका महेश तीक्षण र वारेन्दू हरङ्गाले ३–३ विकेट लिए। 

त्यसअघि टस हारेर श्रीलंकाले पहिले ब्याटिङ गरेको थियो। यस क्रममा उसले ६ विकेटमा १ सय ६३ रन बनाएको थियो। त्यसमा कुशल मेन्डिसले ४३ बलमा ५६ रन बनाए।

उनले पाँच चौका प्रहार गरे र नटआउट रहे। कमिन्दु मेन्डिसले भने १९ बलमै ४४ रन जोडे । उनले चार चौका र दुई छक्का प्रहार गरे।

आयरल्यान्डका बलरमध्ये बेरी म्याकार्टी र जर्ज डकरेलले २/२ विकेट लिए।

आइतबार भएका अन्य खेलमा इङ्ल्याण्डले नेपाललाई ४ रन तथा न्यूजिल्याण्डले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेका थिए। 

प्रतियोगिता अन्तरगत आज तीन खेल हुनेछन्। इडेन गार्डेनमा विहान सवा ११ बजे समूह बीका इटाली र स्कटल्याण्ड भिड्नेछन् भने आजै सवा ३ बजे कोलम्बोमा समूह बी अन्तरगत ओमान र जिम्बाब्बेको खेल हुनेछ।

भारतको अहमदाबादमा राति ७ बजे  र १५ मा क्यानडा र दक्षिण अफ्रिकाको खेल हुनेछ। 

Back to top