रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा भिल्लारियललाई २-० गोलअन्तरले हराउँदै रियल शीर्षस्थानमा उक्लिएको हो ।
रियलको जितमा किलियम एमबाप्पेले दुई गोल गरे । दुवै गोल दोस्रो हाफमा भएका थिए ।
४७औं मिनेटमा एमबाप्पेले गोल गर्दै अग्रता दिलाएका थिए । इन्जुरी समयमा पेनाल्टीमार्फत उनले नै गोल गर्दै २-० को जित पक्का गरे ।
जितपछि रियलको २१ खेलबाट ५१ अंक भएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाले एक खेल कम खेलेर ४९ अंक जोडेको छ ।
आइतबार राति हुने खेल जितेमा बार्सिलोना फेरि शीर्षमा फर्कनेछ ।