×

भेनेजुएलाको ला ग्वाइरा राज्यमा अमेरिकाले गरेको ठूलो सैन्य आक्रमणको एक हप्ता बितिसक्दा पनि स्थानीय बासिन्दाहरू त्रास र पीडाबाट मुक्त हुन सकेका छैनन्।

विष्फोटको आवाज र क्षतिको दृश्यले त्रसित स्थानीयहरू पुनः आक्रमण हुने डरमा बाँचिरहेका छन् र युद्धको साटो शान्तिको कामना गरिरहेका छन्। अमेरिकी आक्रमणको एक हप्तापछि पनि स्थानीय बासिन्दामा त्रास कायमै छ।

एक हप्ता बितिसक्दा पनि उनीहरूमा पीडा र आघात अझै बाँकी छ। स्थानीयहरूले विष्फोटको डरलाग्दो अनुभव सुनाएका छन् र स्थिति अझै सामान्य हुन नसकेको बताएका छन्। 

Back to top