×

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले सोमवार १६ वटा उपग्रहहरू बोकेको रकेट प्रक्षेपण गर्ने क्रममा असफलता व्यहोरेको छ।

रकेटको तेस्रो चरणमा एनोमली वा प्राविधिक असामान्यता देखिएपछि यो समस्या आएको हो। उडानको क्रममा निर्धारित पथबाट ठूलो विचलन देखिएकाले उपग्रहहरूलाई अन्तरिक्षको कक्षमा राख्न सकिएन। इन्डिया टुडेको रिपोर्ट अनुसार इसरोका अध्यक्ष वी. नारायणनले मिसनमा प्राविधिक समस्या उत्पन्न भएको बताए।


उनकाअनुसार शुरुवाती चरणहरू सामान्य रहे पनि तेस्रो चरणमा च्याम्बरको दबाब अनपेक्षित रूपमा घटेकाले आवश्यक ऊर्जा (थ्रस्ट) प्राप्त हुन सकेन। यसअघि इसरोले एक्स (ट्विटर) मार्फत पीएसएलभी–सी६२ मिसनको पीएस ३ चरणको अन्त्यमा समस्या देखिएको र यसको विस्तृत विश्लेषण शुरु गरिएको जानकारी दिएको थियो।

Back to top