×

भेनेजुएलामा सैन्य हस्तक्षेप गरेको अमेरिकाले डेनमार्कको अर्ध–स्वायत्त क्षेत्र ग्रीनल्याण्ड कब्जा गर्ने प्रयास तीव्र पारेको छ। 

ह्वाइट हाउसले ग्रीनल्याण्ड प्राप्तिलाई ‘राष्ट्रिय सुरक्षाको प्राथमिकता’ भन्दै यसका लागि विभिन्न विकल्पमा छलफल भइरहेको पुष्टि गरेको छ । यसका लागि सैन्य वल प्रयोग गर्ने विकल्पबारे पनि छलफल भइरहेको ह्वाइट हाउसले दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा कारण देखाउँदै अमेरिकालाई ग्रीनल्याण्ड आवश्यक रहेको दाबी दोहो¥याएका छन् । तर, डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले अमेरिकाले कुनै पनि प्रकारको आक्रमण गरेमा त्यो नेटो सैन्य गठबन्धनको अन्त्य हुने चेतावनी दिएका छन् । 

यसैबीच बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड र स्पेनका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै डेनमार्कको समर्थन गरेका छन् । उनीहरूले ग्रीनल्याण्ड त्यहाँका जनताको भएको र यसको भविष्यको निर्णय डेनमार्क र ग्रीनल्याण्डले मात्र गर्न पाउने स्पष्ट पारेका छन् । युरोपेली नेताहरूले संयुक्त राष्ट्रसंघको बडापत्र, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्न ट्रम्प प्रशासनलाई आग्रह गरेका छन् । 

Back to top