रौतहट । दीपावली जस्तो उल्लासमय पर्वलाई राष्ट्रिय एकताको प्रतीकको रूपमा मनाउँदै रौतहटको वृन्दावन नगरपालिका वडा नं. ६ हर्षाहाका स्थानीय युवाहरूले नेपालको राष्ट्रिय झण्डा भव्य रूपमा फहराएका छन्।
सोमबार दिपावलीका दिन स्थानीय युवा #आनन्द राज #पटेलको अगुवाईमा स्थानीय युवाहरूले सामूहिक रूपमा झण्डा फहराई समुदायमा राष्ट्रिय भावनाको विकास गर्ने कार्य गरेका हुन् ।
दीपावलीको पर्वलाई केवल सांस्कृतिक उत्सवमा सीमित नराखी यसलाई राष्ट्रप्रेमसँग जोड्दै सामूहिक सहभागितामा गरिएको यो कामलाई स्थानीय स्तरमा प्रशंसनीय र अनुकरणीय उदाहरणका रूपमा लिइएको स्थानीय आकाश पटेलले बताएका छन् ।
युवाहरूको यो पहलले सांस्कृतिक पर्वहरूलाई राष्ट्रिय भावना विकास गर्ने माध्यम तथा देशप्रेम र सांस्कृतिक पहिचानप्रतिको सम्मानलाई उजागरको रूपमा प्रयोग गर्न सकिने सन्देश दिएको स्थानीयबासीको भनाई छ।
स्थानीयको आकर्षण र सामूहिक सहभागिता वडाका युवा तथा अभिभावकहरूको सक्रिय सहभागितामा आयोजित यो विशेष कार्यक्रमले स्थानीय बासिन्दाहरूलाई ठूलो संख्यामा आकर्षित गरेको थियो।