×

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैंकका गभर्नर लिसा कुकलाई बर्खास्त गरेका छन्। 

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत एउटा पत्र सार्वजनिक गर्दै कुकलाई केन्द्रीय बैंकको बोर्ड अफ गभर्नर्सबाट तत्काल हटाउने घोषणा गरेका हुन्।

उनी भ्रामक र आपराधिक प्रकृतिको भएको र बन्धक सम्झौतामा संलग्न रहेको आराप ट्रम्पको छ।  कुकले सुरुमा मिशिगनको घरलाई आफ्नो प्राथमिक निवास भनेर कागजातमा हस्ताक्षर गरेको र दुई हप्तापछि नै उनले जर्जियाको अर्को घरलाई पनि आफ्नो प्राथमिक निवास भनी अर्को कागजातमा हस्ताक्षर गरेको आरेप लगाएको छ। 

यस विषयमा न त लिसा कुकले न त फेडरल रिजर्भले कुनै टिप्पणी गरेका छन्। गत सातासम्म कुकमाथि हाउजिङ फाइनान्स एजेन्सीका प्रमुखद्वारा मोर्गेज धोखाधडीको आरोप लगाइएको थियो।
त्यसको जवाफमा कुकले “ट्विटरमा उठाइएका केही प्रश्नका कारण आफ्नो पदबाट जबर्जस्ती हटाइने छैन” भन्दै सबै वैध प्रश्नहरूको जवाफ दिने बताएकी थिइन्।

लिसा कुक सन् २०२२ देखि फेडरल रिजर्भ बोर्डमा कार्यरत छिन्। उनी फेडरल रिजर्भ बोर्डमा बस्ने पहिलो अश्वेत महिला हुन्।

Back to top