×

वीरगञ्ज । ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ग्राहकका लागि ‘ग्लोबल स्काई क्लब कार्ड’ योजना ल्याएको छ।

यस योजनाअन्तर्गत बैंकको कार्ड प्रयोग गरी यती एअरलाइन्सको टिकट खरिद गर्दा विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सकिनेछ।

कार्डवाहक ग्राहकले पहिलो पटक टिकट खरिद गर्दा शतप्रतिशत क्यासब्याक (पहिलो टिकट निःशुल्क सरह) पाउनेछन्। त्यसैगरी, नियमित टिकट खरिदमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुटको व्यवस्था छ।

यसका साथै, कार्ड प्रयोगकर्ताले बोनस प्वाइन्ट, विमानस्थलमा प्राथमिकताका साथ चेक-इन र बोर्डिङ सुविधा तथा लगेजमा ५ किलोग्राम अतिरिक्त तौल बोक्न पाउने सुविधा पनि प्राप्त गर्नेछन्।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्त रूपमा सार्वजनिक गरेको यो योजनाले ग्राहकलाई थप सुविधा दिनुका साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ।

Back to top