आजकल धेरैजसो महिलाहरूले गर्भधारणबाट बच्न गर्भनिरोधक चक्कीहरूको सहारा लिन्छन् । यी चक्कीहरू गर्भ रोक्ने एक सामान्य, सुविधाजनक र प्रभावकारी उपायका रूपमा लोकप्रिय छन् । चक्कीहरू हर्मोनल आधारमा काम गर्छन्, यिनीहरूले अण्डा निष्कासन रोक्ने र शुक्रकीट प्रवेश गर्न नदिने कार्य गर्छ ।
धेरै चक्की कम्बिनेशन पिल्स हुन्छन्, जसमा एस्ट्रोजन र प्रोजेस्टिन हुन्छन् । चिकित्सकको सल्लाहअनुसार यी चक्कीहरूको सेवन अधिकांश महिलाहरूका लागि सुरक्षित र प्रभावकारी मानिन्छन् । यद्यपि, केही अवस्थामा यिनको प्रयोग गर्दा सावधानी अपनाउनु आवश्यक हुन्छ ।
साइड इफेक्ट
गर्भनिरोधक चक्कीहरूको प्रयोगले केही महिलाहरूमा केही यस्ता समस्याहरू देखिन सक्छन् ।
रगत जम्ने सम्भावना
नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसार कम्बिनेशन पिल्समा भएको एस्ट्रोजनले शरीरमा क्लटिङ कारकहरू बढाउन सक्छ, जसले रक्तनलीमा रगत जम्ने जोखिम बढाउन सक्छ ।
हृदय रोग र उच्च रक्तचाप
केही अध्ययनहरूले देखाएको छ कि गर्भनिरोधक चक्कीहरूले हृदय रोगको खतरा हुन्छ साथै रक्तचाप बढाउन सक्छ ।
तौल बढ्ने
केही महिलाहरूमा गर्भनिरोधक चक्कीले तौलमा वृद्धि गराउने देखिएको छ, तर सबैमा होइन ।
महिनावारीमा गडबडी
सुरुका महिनाहरूमा महिनावारीमा अनियमितता हुनसक्छ, तर समयसँगै स्थिर हुन सक्छ ।
कसले गर्भनिरोधक चक्की नलिने ?
सल्लाह र सुरक्षाका उपाय