वीरगञ्ज । देशव्यापी पहिचान बनाउन सफल वीरगञ्जस्थित जीवन ज्योति सेकेन्डरी स्कुलले आगामी शैक्षिक सत्र २०८२ का लागि भर्ना खुला गरेको छ ।
विद्यालयका संस्थापक प्रधानाध्यापक शिव गुप्ताका अनुसार, जीवन ज्योति सेकेन्डरी स्कुलले उच्च शैक्षिक स्तर र नैतिक मान्यतामा समृद्ध विद्यार्थी उत्पादन गर्ने लक्ष्य राखेको छ ।
आधुनिक भौतिक पूर्वाधार, सुविधासम्पन्न शैक्षिक वातावरण र अतिरिक्त क्रियाकलापको उत्कृष्ट संयोजनमार्फत विद्यार्थीलाई थप आर्थिक बोझ नबढाई गुणस्तरीय शिक्षा दिने उद्देश्य विद्यालयको रहेको प्रधानाध्यापक गुप्ताले दाबी गरे ।
विद्यालयकी निर्देशक मीनाक्षी गुप्ताले विद्यालयले हरेक बालबालिकाको प्रतिभा र आवश्यकतालाई मध्यनजर गर्दै सम्पूर्ण शैक्षिक, सामाजिक र नैतिक विकासलाई प्राथमिकता दिएको जानकारी गराइन । प्रतिस्पर्धात्मक तथा जटिल आधुनिक युगमा सफल हुन आवश्यक आत्मविश्वास, सृजनशीलता र जिम्मेवार नागरिक निर्माणमा विद्यालय कटिबद्ध रहेको पनि उनले उल्लेख गरिन ।
विद्यालयका विशेषताहरूमा आधुनिक कम्प्युटर ल्याब, सुसज्जित विज्ञान प्रयोगशाला, स्मार्ट बोर्डसहितको अडियो-भिजुअल हल, २४ घण्टा विद्युत् सेवा, सिसिटिभी निगरानी, प्रि-प्राइमरीका लागि मोन्टेसरी ल्याब, बायोमेट्रिक हाजिरी, यातायात सुविधा लगायतका सुविधा समावेश छन् ।
विद्यालयमा शैक्षिक कार्यक्रमसँगै नृत्य, सङ्गीत, योग, मार्सल आर्ट, आर्ट एन्ड क्राफ्ट कक्षा, खेलकुद (क्रिकेट, फुटबल, टेबल टेनिस, चेस, ब्याडमिन्टन, तेक्वान्दो), जुनियरहरूका लागि प्ले जोन, विविध अतिरिक्त क्रियाकलाप (प्रश्नोत्तर, वादविवाद, गायन, नृत्य, प्रेरणादायी तालिम, स्वास्थ्य परीक्षण, अभिभावक दिवस, खेलकुद सप्ताह, पिकनिक, शैक्षिक भ्रमण) समेत उपलब्ध छन् ।
विद्यालयले प्रगतिशील विद्यार्थीहरूका लागि अतिरिक्त कक्षा र पौष्टिक खाना उपलब्ध गराउने व्यवस्था समेत गरेको छ ।
पर्साको वीरगञ्ज उपमहानगरपालिका–९ रानीघाटस्थित जीवन ज्योति सेकेन्डरी स्कूलमा भर्ना सम्बन्धी थप जानकारीका लागि ०५१-५२०४०१, ५२०८३३, ९८१११९२००४, ९८४५०३७०३३ मा सम्पर्क गर्न सकिन्छ ।