×

साविक विजेता स्पेनिस क्लब रियल म्याड्रिड यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ। बुधबार राती  आफ्नै मैदानमा भएको दोस्रो लेगमा पनि इंग्लिस क्लब आर्सनलसँग २-१ ले पराजित हुँदै समग्रमा ५-१ को नतिजासहित रियल म्याड्रिड प्रतियोगिताबाट बाहिरिएको हो। पहिलो लेगमा आर्सनलले रियल म्याड्रिडलाई ३-० ले पराजित गरेको थियो।

योसँगै आर्सनल १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। यसअघि आर्सनलले सन् २००८-०९ को सिजनमा च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।

गएराति आर्सनलको जितमा बुकायो साका र ग्याब्रियल मार्टिनेलीले एक-एक गोल गरे। घरेलु टोली रियल म्याड्रिडका लागि भिनिसियस जुनियरले एक गोल फर्काए पनि त्यो टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन।

Back to top