×

वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेश प्रदेश समितिको पुनर्गठनसहित विस्तार गरिएको छ। प्रदेश समितिको अध्यक्ष जितेन्द्र सोनलले एक विज्ञप्ति जारी गर्दै विभिन्न पदमा नयाँ नेतृत्व चयन गरिएको जानकारी गराएका छन्।

पुनर्गठित प्रदेश समितिमा उपाध्यक्षका रूपमा सिरहाका रामबाबु यादव, महोत्तरीका अरुण पाठक, धनुषाका रामज्ञान मण्डल र रौतहटका बिन्देश्वर यादव चयन भएका छन्। त्यसैगरी, मुख्य सचिवको पदमा धनुषाका राम विनोद चौधरी चयन भएका छन्। सचिवहरूमा रौतहटका ओमलोक पटेल, महोत्तरीका सरयुग यादव, महोत्तरीका जलाइद्दिन राइन र सिरहाका राजकुमार महरा चयन भएका छन्।

कोषाध्यक्षको रूपमा सर्लाहीकी प्रेमशिला यादव चयन भएकी छन्। साथै, कार्यकारिणी समितिमा ५१ जना सदस्यहरू मनोनित भएका छन्। ती सदस्यहरूमा रौतहटका रामप्रवेश दास, धनुषाका महाशंकर ठाकुर, सर्लाहीकी अंजु बैठा, पर्साका राम गिरी, सप्तरीका मुकेश कर्ण, महोत्तरीका विनोद गामी, धनुषाका गंगा प्रसाद रजक, सर्लाहीका मिथिलेश यादव, ललित झा, शुभनारायण साह, रौतहटकी विना कुशवाहा, सर्लाहीका प्रभु चौधरी, सर्लाहीका विरवंश बैठा, बारा जिल्लाका विनय सिंह, राजु गिरी, कृष्ण साह, रौतहटका रुपेश पटेल, सर्लाहीका युगनारायण चौधरी, सर्लाहीका सचिन्द्र झा, पर्साका देवानन्द यादव, सिरहाका राजविन्द्र यादव, सप्तरीका फनिकान्त झा, महोत्तरीकी बबिता चौधरी र सरिता कुमारी शर्मा रहेका छन्।

लोसपा नेपालले मधेश प्रदेशमा संगठन विस्तार गर्दै पार्टीलाई थप सशक्त बनाउने उद्देश्यले समिति पुनर्गठन गरेको बताइएको छ।

Back to top