×

आङ्करा । टर्कीको एक होटेलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । मृतक सबैको पहिचान पुष्टि हुन बाँकी छ । 

आगलागीमा घाइते भएका ५१ मध्ये १७ जना भने उपचारपश्चात् डिस्चार्ज भएका स्वास्थ्य मन्त्री केमाल मेमिसोग्लुले बताएका छन् ।

आगलागी होटेलको भान्साबाट सुरु भएको अनुमान गरिएको छ । २३४ जना बसेको ग्राण्ड कार्टल होटेलमा स्थानीय समयअनुसार मङ्गलवार बिहान साढे ३ बजेको समयमा आगलागी भएको थियो ।

उक्त पर्यटकीय होटेल चिसो र हिउँ जमेको स्थानमा भएकाले दमकल पुग्न एक घण्टाभन्दा बढी समय लागेको लागेको थियो । दमकल पुगेपछि पनि आगो निभाउन झन्डै १२ घण्टा लागेका अधिकारीहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । घटनापछि प्रहरीले होटेलका मालिकसहित ९ जनालाई नियन्त्रणमा लिएको छ ।

राष्ट्रपति रेसेप तैयप एर्दोगानले घटनामा लापरबाही गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्ने बताएका छन् । मृतकहरूको सम्झनामा टर्कीमा आज राष्ट्रिय शोकको घोषणा गरिएको छ भने राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ ।

Back to top