वीरगञ्ज । आज महाकुम्भ स्नानको दोस्रो दिन । मकर सङ्क्रान्ति भएकाले आजको दिनलाई महास्नान भनिन्छ, यो दिनको विशेष महत्त्व रहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार कल्पवास बिताउन विदेशबाट आएकी एप्पलका सह–संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्सको स्वास्थ्य अचानक बिग्रिएको छ । यस्तो अवस्थामा उनी सङ्गममा डुब्ने कि नडुब्ने भन्नेमा पछिल्ला केही घण्टादेखि गोप्य राखिएको छ ।
निरञ्जनी अखाडाका प्रमुख स्वामी कैलाशानन्द गिरी महाराजले लरेनले सङ्गममा स्नान गर्ने बताए। अस्वस्थ भए पनि उनी सङ्गममा स्नान गर्नेछिन् । गिरी महाराजका अनुसार उनी अहिले आफ्नो शिविरमा आराम गरिरहेको बताए । ‘उनलाई एक किसिमको एलर्जी छ। यस्तो भिडभाड भएको ठाउँमा उनी यसअघि कहिल्यै गएकी थिइनन्, उनी निकै सरल स्वभावकी छिन्, रातको पूजामा उनी पनि हामीसँगै थिइन्, अब स्वास्थ्य बिस्तारै ठिक हुँदै छ ।’
लरेनलाई हातमा एलर्जी भएको गिरी महाराजले बताए । त्यसैले उनले शाही स्नानमा भाग लिने की नलिने भन्ने प्रश्नमा अब उनी एक्लै स्नान गर्न जाने भएकी छिन् । ‘उनको स्नान प्रबन्ध मिलाएर पवित्र सङ्गममा डुब्न सकुन् र त्यसपछिको पूजा, अभिषेक र हवनमा पनि उनी हामीसँगै हुनेछिन्,’ उनले भने ।
स्टिभ जब्सकी पत्नी लौरेन पावेल जब्सको हिन्दू धर्ममा गहिरो आस्था रहेको बताइन्छ। उनी निरञ्जनी अखाडाकी हुन् । महाकुम्भमा जम्मा १३ वटा अखाडाले भाग लिएका छन्, जसलाई ३ समूहमा विभाजन गरिएको छ ।