×

दिल्ली-गुरुग्राम एक्सप्रेसवेमा बाक्लो धुवाँको तहबिच सवारी साधनहरू चल्दै | फाइल तस्बिर : एएनआई |

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित दिल्ली ट्राफिक प्रहरी लगातार प्रदूषण नियन्त्रण गर्न काम गरिरहेको छ ।

ट्राफिक प्रहरीले प्रदूषण नियन्त्रण प्रमाणपत्र (पीयूसी) बिना चल्ने सवारी साधनमाथि अहिले निकै कडाई गरिरहेको छ ।

ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार, अक्टुबर १ देखि नोभेम्बर २२ सम्म अर्थात् ५३ दिनमा १ लाख ६४ हजार सवारीसाधनमा १६४ करोड भारतीय रुपैयाँ राजश्व सङ्कलन गरिएको छ ।

नोभेम्बर १८ देखि ग्रेप ४ लागू भएपछि हालसम्म २० हजार ७४३ चलान जारी गरिएको छ । यसबाहेक ७ सय ३६ पुराना सवारीसाधन नियन्त्रणमा लिएका छन् । १३  हजार ७२६ गैर लक्ष्य ट्रकलाई अक्टोबर १५ सम्ममा दिल्ली सीमाबाट फिर्ता गरिएको थियो ।

Back to top