×

फाइल तस्बिर ।

गाजा  ।  इजरायलले गाजामा १ हजारभन्दा बढी स्वास्थ्यकर्मीको हत्या गरेको छ । 

सन्‌ २०२३ अगस्ट ७ मा सुरु भएको हमास–इजरायलको युद्धमा १००० भन्दा बढी डाक्टर र नर्सहरूको हत्या गरेको हो ।

वाफा समाचार एजेन्सीले गाजा पट्टीमा इजरायलको अथक बमवारिमा १ हजार भन्दा बढी डाक्टर र नर्सको मृत्यु भएको जनाएको छ । सो एजेन्सीले स्थानीय चिकित्सा स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ कि ३१० भन्दा बढी अन्य चिकित्सा कर्मचारीहरूलाई गिरफ्तार गरिएको छ ।

सो क्रममा इजरायलले उनीहरूलाई चरम यातना दिइएको थियो भने केहीलाई जेलमा राखिएको छ । 

‘इजरायली सेनाले जानाजानी अस्पतालहरूलाई लक्षित गरेको छ र गाजामा चिकित्सा आपूर्ति, स्वास्थ्य प्रतिनिधिमण्डल र सयौँ सर्जनहरूलाई प्रवेश गर्न अहिले पनि रोकेको छ’ स्थानीय चिकित्सकलाई उद्धृत गर्दै वाफाले जनाएको छ । 

Back to top