×

वासीङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो टिममा थप दुई वटा महत्वपूर्ण नियुक्तिहरू गरेका छन् ।

राष्ट्रपति निर्वाचित भएर सत्ताको जिम्मेवारी सम्हाल्नुभन्दा पहिले नै ट्रम्पले आफ्नो सचिवालयमा जिम्मेवारी तोकिरहेका छन् । 

सोमबार उनले टम होमनलाई सीमा प्रमुखको जिम्मेवारी दिएका छन् भने एलिस स्टेफानिकलाई संयुक्त राष्ट्र संघका लागि राजदूत नियुक्त गरेका छन् ।

६२ वर्षीय होमन यसअघि ट्रम्पको अध्यागमन र भन्सार प्रवर्तन विभागको कार्यवाहक निर्देशनका रुपमा काम गरेका थिए । 

४० वर्षीय स्टेफानिक भने न्यूयोर्कको २१ औँ जिल्लाबाट ट्रम्पको प्रतिनिधिकारुपमा कार्यरत थिइन् । 

Back to top