×

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाइ दिएका छन्। 

रुसी समाचार संस्था तासका अनुसार बिहीबार भल्दाई इन्टरनेसनल डिस्कसन क्लबमा आयोजित एक कार्यक्रममा पुटिनले ट्रम्प निर्वाचित भएकोमा बधाइ दिएका हुन्।

अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै कतिपयले युक्रेन–रुस युद्ध रोकिन सक्ने बताएका छन्। चुनावी प्रचारप्रसारका क्रममा ट्रम्पले  आफू राष्ट्रपति भए एकदिनमै युद्ध रोक्ने दाबी गरेका थिए। 

ट्रम्पले आगामी जनवरी २० मा दोस्रो कार्यकालका रूपमा अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन्। रुसी राष्ट्रपति पुटिनले ट्रम्पसँगको छलफलका लागि तयार रहेको समेत बताएका छन्। 

 

Back to top