×

जर्मनीका अलेक्ज्यन्डर जेरेभले  फ्रान्सका युगो हम्बर्टलाई ६–२, ६–२ को सेटमा  हराएर पेरिस मास्टर्सको उपाधि जितेका छन्। 

तेस्रो वरीयताका जेरेभको यो सातौँ मास्टर्स उपाधि हो। पेरिसमा भने उनी पहिलो पटक च्याम्पियन बने।  

यस नतिजासँगै जेरेभ यस वर्ष एटिपी टुरमा ६६ सफलतासहित सर्वाधिक खेल जित्ने खेलाडी पनि बने। हम्बर्टले तेस्रो चरणमा कार्लोस अल्कारेजलाई हराएको जस्तो खेल फाइनलमा दोहो¥याउन सकेनन्। 

 

Back to top