×

ब्राजिलको सर्वोच्च अदालतले सामाजिक सञ्जाल प्लेटफर्म एक्स अर्थात ट्विटरमाथिको प्रतिबन्ध हटाएको छ । अदालतको फैसलाको पालना नगरेको कारण एक महिना भन्दा लामो समय प्रतिबन्ध लगाएपछि एक्समाथिको प्रतिबन्ध खुला गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार एक्सले ब्राजिल सरकारलाई ५ करोड १७ लाख अमेरिकी डलर जरिवाना तिरेपछि न्यायाधीश अलेक्जेन्डर डी मोरासले प्रतिबन्ध हटाएका हुन् ।

उनले प्रतिबन्ध हटाइएको घोषणा गर्दै ब्राजिल इन्टरनेट लिमिटेडलाई एक्समाथिको प्रतिबन्ध तत्काल शुरु गर्न अनुमति दिएका छन् । 

ब्राजिलमा कानुनी प्रतिनिधि नियुक्त गर्न अस्वीकार गरेको र अदालतको आदेशको अवहेलना गरेको आरोपमा त्यहाँको सर्वोच्च अदालतले एक्समाथि गएको अगस्टमा प्रतिबन्ध लगाएको थियो भने जरिवाना नदिएको आरोपमा ३० जना कर्मचारीलाई पक्राउ परेका थिए । अहिले एक्सले जरिवाना तिरेर कानुनी प्रतिनिधि पनि नियुक्त गरेको खबरमा उल्लेख छ । 

Back to top