×

बलिबुड अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आफ्नै पेस्तोलले खुट्टामा गोली लागेर घाइते भएका अभिनेता गोविन्दा शुक्रवार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

अस्पतालबाट निस्किएपछि उनले मिडिया र फ्यानलाई हात जोडेर कृतज्ञता व्यक्त गरेका थिए । उनले भने, ‘म सबैलाई धन्यवाद दिन चाहन्छु । चिकित्सक, प्रहरी, प्रशासन । मेरो लागि प्रार्थना गर्ने र धेरै माया गर्नुहुने सम्पूर्णमा धन्यवाद । म अहिले ठिक छु, सुरक्षित छु ।’

गोविन्दालाई ह्वील चेयरमा बाहिर ल्याइएको थियो । यस क्रममा उनले फ्यानलाई हाँसेर मुस्कुराउँदै भेटेका थिए ।

Back to top