×

अमला भिटामिन सीका गुणहरूबाट भरिपूर्ण हुन्छ । छाला, कपाल र शरीरमा आइरनको कमी पूरा गर्न अमलाको मद्दत गर्छ ।

यति धेरै लाभकारी गुणहरू भए तापनि अमला तपाईंको स्वास्थ्यलाई केही हानि पनि पुर्‍याउन सक्छ । जसको बारेमा पनि जानकारी हुनु आवश्यक छ, अमलाको साइड इफेक्ट्स के–के छन्, जानौँ ।

  • मिर्गौलासम्बन्धी रोगीहरूले अमलको जुस पिउनुहुँदैन । किनकि यस फलमा भिटामिन सी र पोटासियम हुन्छ, जुन मिर्गौलाको स्वास्थ्यका लागि राम्रो होइन ।
  • थाइराइडको समस्या भएकाहरुले पनि अमलाको जुसको सेवन गर्नुहुँदैन । किनकि यसमा आयोडिन हुन्छ, जुन थाइराइडका लागि राम्रो मानिँदैन ।
  • पेटसँग सम्बन्धित समस्या भएका व्यक्तिहरूले पनि अमलाको जुस सेवन गर्नु हुँदैन । यसले पेटमा जलन र एसिड बढ्न सक्छ ।
  • गर्भावस्थामा पनि तपाईंले अमलाको जुसको सेवन गर्नु हुँदैन, यसले डेलिभरीको समयमा जटिलता उत्पन्न गर्न सक्छ ।
  • सर्जरीको अघि र पछि पनि अमलाको सेवन नगर्नुहोस् । यसले रक्तस्रावको खतरा बढाउँछ ।
Back to top