×

लेबनानको राजधानी बेरुतमा इजरायलले ठूलो आक्रमण गरेको छ । बेरुतको दक्षिणी इलाकामा ठूलो विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

त्यहाँस्थित विमानस्थल नजिकै इजरायलले आक्रमण गरेको बिबिसीले जनाएको छ । यसअघि इजरायली सेनाले उक्त क्षेत्रका दुई भवनबाट मानिसहरूलाई बाहिर निस्कन भनेको थियो ।

यसका साथै इजरायलले वेस्ट बैंकमा पनि हमासविरुद्ध सैन्य कारबाही गरेको थियो । वेस्ट बैङ्कस्थित प्यालिस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणमा परी कम्तीमा १८ जनाको मृत्यु भएको बताएका छन् ।

इजरायलले तुल्कार्म शरणार्थी शिविरमा हवाई आक्रमण गरेको जनाएका छन् । इजरायलले यो आक्रमणमा हमासका वरिष्ठ सदस्य जाही याशर आब्द अल रजाक मारिएको जनाएको छ ।

Back to top