×

एभरेस्ट महिला भलिबल लिगमा आज तीन खेल हुँदैछन्। ​

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने पहिलो खेलमा पौने ४ बजे गण्डकी र कर्णाली आमनेसामने हुँदैछन्। कर्णाली लगातार जितको लक्ष्यमा हुँदा गण्डकी पहिलो जितको खोजीमा छ। यसैगरी आजै  पौने ६ बजे काठमाडौं स्पाइकर्स र चितवन शक्ति भिड्नेछन्। यस्तै तेस्रो तथा अन्तिम खेलमा ललितपुर क्विन्स र मधेश युनाइटेड  भिड्नेछन्। 

सहभागी ६ फ्रेन्चाईजी टोलीबीच सिंगल राउण्ड रोविन लिगका आधारमा फाइनल सहित १६ खेल हुने छन्।

लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा फाइनल बाहेक हरेक दिन तीन खेल हुनेछ।  फाइनल खेल शनिबार हुनेछ। 

 

Back to top