×

१६ श्राद्धलाई पितृपक्ष वा महलया पनि भनिन्छ । हिन्दू पात्रोमा यसको अवधि १६ दिनको हुन्छ । यस समयमा मानिसहरूले आप्mना पुर्खा वा पितृलाई श्रद्धाञ्जलि अर्पण गर्छन् । हिन्दू पौराणिक कथा अनुसार पितृलोक भनिने स्वर्ग र पृथ्वी बीच तीन अघिल्ला पुस्ताका आत्माहरूको वास छ । यस क्षेत्रलाई मृत्युका देवता यमले रेखदेख गर्छन्, जसले मृतक मानिसको आत्मालाई पृथ्वीबाट पितृलोकमा लैजान्छ । यो समयमा पुजारीलाई चढाइने प्रसाद पितृलोकमा तीन पुस्तासम्म पुग्ने जनविश्वास छ ।

प्रायः विश्वास गरिन्छ कि जब चौथो पुस्ताको व्यक्तिको मृत्यु हुन्छ, पहिलो पुस्ता स्वर्गमा सर्छ र भगवानसँग एकाकार हुन्छ । यसरी, पितृलोकमा केवल तीन पुस्तालाई सो¥हश्राद्ध संस्कार दिइन्छ ।

यससम्बन्धी विभिन्न कथाहरू छन्– महाभारतमा कर्णको मृत्युपछि उनको आत्मा स्वर्गमा पुग्यो उनलाई खानाका लागि सुन र रत्नहरू प्रदान गरियो । कर्ण छक्क परे, उनलाई किन वास्तविक भोजन प्रदान गरिएन । उनले स्वर्गका स्वामी इन्द्रलाई खानाको सट्टा सुन किन दिइयो भनेर सोधे । इन्द्रले भने उनले जीवनभर सुन त दान गरे तर पुर्खाको नाममा कहिल्यै अन्नदान गरेनन् ।

यस्तो व्यवस्थाबाट अनभिज्ञ कर्णले आपूmलाई परिमार्जन गर्न चाहेको कुरा बताए । इन्द्रलाई कुरा उचित लाग्यो र कर्णलाई १६–दिनको लागि पृथ्वीमा फर्कने अनुमति दिए । ती सो¥ह दिनमा उनले भक्तिपूर्वक पितृहरूको श्राद्ध गरे र अन्नजल दान गरे । यसै कुरालाई ध्यानमा राखेर सो¥ह श्राद्धको शुरूआत भयो रएक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आयो । साधारणतया जेठो छोराले पूजा गर्छ भने अरू छोराहरू पनि सहभागी हुन्छन् ।

विष्णु भगवान्ले पृथ्वीको रक्षार्थ बराह अवतार लिनुपरेको थियो । महाबली दैंत्य हिरणाक्षको बध गरी पृथ्वीलाई हिरणाक्षबाट खोसेर ल्याएपछि उनको बराहरूपी शरीरमा तिल, कुश, जौ र दूध उत्पन्न भयो । उनले दूध र जौको तीनओटा पिण्ड बनाई कुश भुईंमा ओछ्याएर पिण्डमा तिल छर्केर दक्षिणतिर फर्की यसो भन्दै दान गरेछन्–“हे पिता १ हे पितामह ११ हे प्रपितामह १११ यी तीन पिण्ड मैले तपाईंहरूलाई प्रत्येकले एक–एक पाउनेगरी अर्पण गरेको छु । कृपया स्वीकार गरी तृप्त हुनुहोस् ।”

ऋषिहरूलाई बराह अवताररूपी विष्णु भगवान्ले भने–“हे मुनिवरहरू १ नाम जानेका पितृहरूको नामोच्चारण र नाम नजानेकाहरूका लागि अमुक नाम भनेर पिण्डदान गरेपछि तपाईंहरू सबैका पितृहरू पिण्ड पाएर तृप्त हुनेछन् । पितृहरू स्वर्ग या नर्क जहाँ रहे पनि, यस रितले दिएपछि अवश्यमेव पाउनेछन् ।”

त्यसपछि पञ्चमहाभूत (जल, स्थल, वायु, आकाश, तेज) को यस धरतीमा चराचर सृष्टि हुन थाल्यो । मानिसको देहबाट प्राण जाँदैमा अरू सबै नष्ट नहुने तथ्यको बोध हुँदै गयो । यी पञ्चभूतको साझा देहमा रहेको आत्मा त्यो हो, जो सारको रूपमा रहेको हुन्छ । जुन अकाट्य छ, अजय छ, अमर छ । यो ज्यादै सूक्ष्म हुन्छ, जसलाई भौतिक आँखाले देख्न सकिंदैन । तर, यसको आकार भने पूर्वशरीरजस्तै हुन्छ । पूmलको बास्नालाई जसरी हावाले एक ठाउँबाट अर्को ठाउँमा लैजान्छ, सूर्यको किरण जसरी आप्mनो तेजका साथ टाढा–टाढासम्म जान्छ, त्यसैगरी मानव शरीरबाट प्राणवायु छुटेपछि, आत्मा पनि नयाँ शरीर प्राप्तिका निम्ति विचरण गर्न थाल्छ । यस आत्माको कुनै निश्चित दिशा हुँदैन ।

मानिसको मृत्यु भएको ते¥हौं दिन–मासिका श्राद्धसम्म, ६ महीना र एक वर्ष भएपछि गरिने पुण्यवत पितृकार्यमा सबैपटक दिएको पिण्डदानका प्रभावले प्रेतात्माले पितृको आत्मा प्राप्तगरी ईश्वरमा गएर लीन हुन्छ भनिएको छ । यसरी हामीले आप्mना पितृलाई दिएको पिण्डदान साक्षात् ईश्वरलाई दिएको ठहर्न जान्छ । जसरी सूर्यको तेजले सागरको जलमाथि खैंचिन्छ र पछि त्यही जल वर्षाको रूपमा पृथ्वीमा झर्छ, त्यसैगरी पितृहरूको आत्माले उनीहरूको सन्ततिले दिएको पिण्डदानको बास्ना, भाव आपूmतिर खैंचेर लिन्छन् ।

हिन्दू धर्म, संस्कृति र परम्परा अनुसार भनिएको छ–“छोरो त्यही हो जसले आप्mना पितृलाई पिण्डदान गरेर तृप्त पार्छ र आपूm पनि निर्धक्क भएर आनन्दपूर्वक रहन सक्छ ।” यसै प्रसङ्गमा शास्त्रमा भनिएको छ–

आयु प्रजां धनं विद्या स्वर्गमोक्ष्यं सुखानि चः ।
प्रयच्क्ष्यन्ति तथा राज्यं पितरं श्राद्धतर्पिताः ।।

पितृहरूप्रति श्रद्धाभावले गरिने श्राद्ध, तर्पण आदिले यस जुनीमा आयु, ऐश्वर्य, विद्या, राज्यको सुखभोग गरी अर्को जुनीमा स्वर्ग प्राप्त गराई मोक्ष दिलाउँछ । तर आत्मीय श्रद्धाविना गरिएको श्राद्ध कर्मले पितृहरूलाई तृप्ति दिलाउन सक्दैन भनेर गरुडपुराणमा बताइएको छ । त्यसैले एकोदिष्टश्राद्ध, सोह्रश्राद्ध, तर्पण आदि गर्दा स्वच्छ र प्रसन्न मुद्राले, पितृहरूप्रति असीम श्रद्धाभाव राखेर गर्नु–गराउनु नितान्त आवश्यक छ । मनसा, वाचा, कर्मणा सम्पन्न गरिने श्राद्ध–तर्पण नै भुक्ति–मुक्तिको मूल मार्ग हो भनेर हिन्दू धर्मशास्त्रहरूमा वर्णन गरिएको छ ।

हिन्दू पञ्चाङ्ग अनुसार यस वर्ष विसं २०८१ सालको श्रावण महीनामा मलमास पर्न गएकोले सोह्र श्राद्ध आश्विन महीनाको २ गतेदेखि आश्विन १६ गतेसम्म रहेको छ । माता–पिता नहुनेहरूले पितृपक्षको पहिलो दिन मुण्डन गरेर विधिपूर्वक एकछाके गर्ने र प्रतिपदादेखि औंसी तिथिसम्म एकछाक साŒिवक भोजन गर्ने हिन्दू परम्परा छ ।

हिन्दू धर्म, संस्कृति र परम्परा पितृसत्तात्मक छ । हिन्दू समाजमा परापूर्वकालदेखि नै छोरीलाई त्रिगुणधारी (छोरी, बुहारी र आमा) को रूपमा लिइन्छ । छोरा र छोरीका कार्य विभाजन पहिलेदेखि नै निश्चित गरिएको छ । छोरी जन्मेपछि माइत हुन्जेल कन्या, विवाह भएपछि बुहारी र बच्चा–बच्ची जन्माएपछि आमा बन्ने अवस्था हुन्छ । विवाहपश्चात् छोरी परघर जानुपर्छ । विवाह भएपछि छोरी जातिको जन्मघरतिरको थर, गोत्र परिवर्तन भएर कर्मघरतिरको थर, गोत्र कायम हुन्छ । वंश परम्परा पनि कर्मघरतिरबाटै जन्म–जन्मान्तरसम्म कायम हुँदै जान्छ । शायद यसो भएर पनि होला, पूर्वीय दर्शन र हिन्दू धर्मका सम्पूर्ण धर्मग्रन्थहरूमा छोरा र छोरीबाट सम्पादन हुने कार्यहरू फरक–फरक गरेर तोकिएको पाइन्छ ।

छोराको लागि उपनयन (व्रतबन्ध) कर्म विधिपूर्वक गरेर उसका गलामा जनै (यज्ञोपवित) धारण गराइन्छ । त्यसपछि मात्र छोरो कर्मकाण्ड अन्तर्गतका सबै कार्यहरू (विवाह, व्रतबन्ध, यज्ञादि, दान–पुण्य, मृत्युपछि गरिने किरिया, पिण्डदान आदि) सम्पादन गर्नका निम्ति योग्य हुन जान्छ ।

कर्मकाण्डीय हिसाबले छोरो अग्रपङ्क्तिमा देखिन्छ । तर, मान्यताक्रमले हेर्ने हो भने छोरी जातिलाई साक्षात् लक्ष्मीको प्रारूप मानिन्छ । छोरी नभएको घर बास्नाविनाको पूmल, तेजविनाको सूर्यको किरण, फलविनाको वृक्ष, छायाविनाको दर्पण, पानीविनाको खोला, मिठासविनाको रस, क्षितिजविनाको आकाश, पुरुषत्व (इज्जत, अस्तित्व, मनुष्यत्व आदि)विनाको लोग्नेमान्छे समान हुन्छ ।

हिन्दूशास्त्रमा भनिएको छ–“जहाँ नारी जातिको सम्मान हुन्छ, त्यहाँ देवता पनि रमाउँछन् ।” त्यसैले सन्तानका रूपमा हरेक हिन्दूको घरमा छोरो र छोरी दुवै हुनु नितान्त आवश्यक ठानिएको छ ।

आजकल हिन्दू समाजमा कतिपय ठाउँमा माता–पिताको मृत्यु भयो भने काज–किरियादि कर्म छोरीले गर्ने गरेको पनि पाइएको छ । मृत्युपछि हरेक माता–पिताका नाममा काज–किरिया, पिण्डदानजस्ता महŒवपूर्ण कर्म सम्पादन गरिनु स्वागतयोग्य काम हो । जे होस् मातृदेवो भवः, पितृदेवो भवः भन्ने हाम्रो हिन्दू परम्परा अनुसार प्राचीन समयदेखि गर्दै आएका एकोदिष्ट श्राद्ध (मरेको दिनको तिथिमा दिइने पिण्डदान) र सोह्रश्राद्ध (आश्विन कृष्ण पितृपक्षमा दिइने पिण्डदान) गरी वर्षको दुईपटक श्राद्ध गर्ने हिन्दू परम्परा छ । हुनत विभिन्न तीर्थस्थलहरूमा गएर पितृहरूका नाममा पिण्डदान दिने पनि गरिन्छ, यसरी दिइने पिण्डदान गणनामा ल्याइँदैन ।

देवशक्तिभन्दा पितृशक्ति प्रबल हुन्छ भन्ने शास्त्रीय मान्यता छ । भनिन्छ– देवताले दिएको वरदान पितृहरूले हरण गर्न सक्छन् । अतः व्रत, उपासना गरेर देवताहरूलाई मात्र खुशी पारेर हुँदैन, श्राद्ध, तर्पणादि गरेर पितृहरूलाई पनि खुशी पार्न नितान्त आवश्यक छ ।

Back to top