×

चीनमा अर्को वर्ष हुने २० वर्षमुनिको एएफसी एसियन कप खेल्ने नेपालको सम्भावना टुंगिएको छ।

न्यू ताइपे सिटीमा शुक्रबार भएको खेलमा बहराइनसँग ४-० गोल अन्तरले पराजित भएसँगै नेपालको सम्भावना सकिएको हो । 

एक मात्र खेल जितेको नेपालले लगातार तेस्रो हार भोग्दै छनोटको सम्भावना समाप्त पारेको हो। पहिलो खेलमा कम्बोडियासँग ४-१ ले पराजित भएको नेपाल उज्वेकिस्तानसँग पनि ६–० ले पराजित भएको थियो। 

चाइनिज ताइपेइविरुद्ध मात्रै नेपालले ३–१ को जित निकालेको थियो। 

Back to top