×

इजरायलले लेबनानमा हेजबुल्लाहविरुद्ध आक्रमण बढाएपछि जापानले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको  छ। जापानले आफ्ना नागरिकलाई लेबनानबाट निकाल्न सैन्य उडान तयार गर्ने निर्णय गरेको छ । 

इजरायली बम विस्फोटले यो हप्ता लेबनानमा सयौँ मानिसको ज्यान लिएको छ भने दुई देशबीच द्वन्द्व चर्किरहेको छ। रक्षा मन्त्रालयले जापानी नागरिकलाई क्षेत्रबाट बाहिर निकाल्न आवश्यक भएमा वायु सेनाका विमानलाई जोर्डन र ग्रीस जानका लागि तयार रहन आदेश दिएको बताएको छ। 

इजरायलले लेबनानमा २१ दिने युद्धविरामका लागि सहयोगीहरूको दबाबलाई अस्वीकार गरेको छ र हेजबुल्लाह लडाकुसँग लडाइँ जारी राख्ने बताएको छ ।

Back to top