×

टमाटर फल हो कि तरकारी ? यो एक प्रश्न हो जसको जवाफ सधैँ अन्योलले भरिएको छ। 

टमाटर हरेक नेपाली भान्सामा प्रयोग गरिन्छ। यसलाई सबै प्रकारका तरकारीमा जोड्नुका साथै सलादको रूपमा पनि खाइन्छ। टमाटर र प्याजको ग्रेभीमा तरकारी पकाएर खाइएन भने खानामा मजा नै आउँदैन । 

त्यसैबाट अचार पनि बनाइन्छ । टमाटर बिना नेपालीको खाना अधुरो छ । हरेक तरकारीमा थपिने भएकाले यसलाई तरकारीको राजा पनि भनिन्छ । तर के यो साँच्चै तरकारी हो?

जैविक रूपमा टमाटर तरकारी होइन फल हो किनभने अन्य फलहरू जस्तै यो पनि बीउ भएको बोटबाट फल्छ। बिरुवामा लागेका फूलहरूबाट फलहरू बनाइन्छ। उता तरकारीहरू बिरुवाको पात र जराहरू हुन्। जस्तै- गाजर, मूला, पालक, आलु र प्याज। 

तरकारी र फलफूल दुवैमा पोषक तत्त्वको भण्डार हुन्छ । दुवै भिटामिन, खनिज र फाइबरमा प्रशस्त छन्।

  • टमाटरलाई तरकारी किन मानिन्छ ?

टमाटर तरकारी, सलाद, पिज्जा, पास्ता आदि धेरै परिकारमा प्रयोग गरिन्छ। मानिसले यसलाई फलफूलभन्दा पनि तरकारीका रूपमा बढी खाने भएकाले यसलाई तरकारी पनि मानिन्छ । 

तर, विज्ञानका अनुसार यो फल नै हो । यो प्रश्नको जवाफ किसान र वनस्पति विज्ञहरूसँग सोध्ने हो भने उनीहरूले फलफूल भएको बताउनेछन् । तर खाना पकाउनेहरूले यसलाई तरकारीको दर्जा दिन्छन् ।

Back to top