×

बेंगलुरु, भारत । बेंगलुरुको मल्लेश्वरम क्षेत्रमा एक नेपाली महिलाको विभत्स हत्या भएको छ। २९ वर्षीया महालक्ष्मी दासको शव ३० टुक्रा पारेर फ्रीजभित्र राखिएको अवस्थामा भेटिएको छ। घटनाको खुलासा शनिबार भएको हो, जब घरधनीले दुर्गन्ध फैलिएको गुनासो गर्दै प्रहरीलाई खबर गरे।

प्रहरीले घटनास्थलमा पुग्दा व्यालिकभल क्षेत्रको फ्ल्याटमा रहेको १६५ लिटर क्षमताको फ्रीजबाट महालक्ष्मीको शवका टुक्रा फेला परेका थिए। दुर्गन्धले सताइएका घरधनीले महालक्ष्मीकी आमा र बहिनीलाई बोलाएका थिए, तर फ्ल्याटको ढोका बन्द भएकोले प्रहरीको सहयोगमा ढोका फोडेर छिरेपछि मात्र शवको अवस्थाबारे थाहा भयो। घटनास्थलको दृश्य देखेर महालक्ष्मीकी आमा र बहिनी अचेत अवस्थामा ढलेका थिए।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइसकेको छ। प्रारम्भिक अनुसन्धानमा महालक्ष्मीको हत्या सेप्टेम्बर १२ मा भएको खुलेको छ। महालक्ष्मीको मोबाइल पनि सोही दिनदेखि बन्द थियो।

महानगरीय प्रहरीका अनुसार महालक्ष्मी बेंगलुरुको एक सपिङ मलमा काम गर्थिन् र फ्ल्याटमा दाजुसँग बस्दै आएकी थिइन्। उनी डिभोर्सी थिइन् र उनका पूर्व पति र छोराछोरी भारतमै बस्दै आएका छन्। प्रारम्भिक अनुसन्धानले महालक्ष्मीको हत्या परिचित व्यक्तिबाट भएको आशंका गरिएको छ, किनभने घरबाट कुनै सामान हराएको छैन।

छिमेकी र प्रत्यक्षदर्शीहरूले महालक्ष्मीलाई हरेक बिहान एकजना पुरुषले काममा लिएर जाने र बेलुका फर्काएर ल्याउने गरेको बताएका छन्। त्यहाँ एकजना डेलिभरी ब्वाईले उनलाई प्रेम प्रस्ताव राखेको चर्चा भए पनि प्रहरीले यसको पुष्टि गर्न सकेको छैन। महालक्ष्मीको अर्को युवकसँग प्रेम सम्बन्ध रहेको कारण परिवारले उनलाई त्यागेको बताइएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ। समाचार स्रोत: द इकोनोमिक टाइम्स

Back to top