×

सोमी अलीले सलमान खान र ऐश्वर्या रायको प्रेमकथा फिल्म हम दिल दे चुके सनमको सेटबाट सुरु भएको बताएकी छन् । यसअघि सलमान सोमीसँग सम्बन्धमा थिए । 

तर, जब सोमीलाई ऐश्वर्यासँगको सम्बन्धको खबर आयो तब उनले सलमानसँग ब्रेकअप गर्नु नै उचित ठानिन् ।

जुम टिभीलाई दिएको अन्तर्वार्तामा सोमीले भनिन्, ‘फिल्म हम दिल दे चुके सनमको सुटिङ चलिरहेको थियो । एक दिन मैले सलमानलाई फोन गर्दा उनले फोन रिसिभ गरेनन् । त्यसपछि मैले फिल्मका निर्देशक सञ्जय लीला भन्सालीलाई फोन गरेँ र उनले भने– ‘सलमान सुटिङमा व्यस्त भएकाले तपाईसँग अहिले कुरा गर्न सक्दैन ।’

Somy-Ali-Salman-Khan-dating-1200

Nabil bank

यो सुनेर मलाई निकै अनौठो लाग्यो । मैले उनलाई भनेँ, ‘यदि उनले सट दिइरहेका छन् भने निर्देशन किन नगर्नुभएको ? मेरो फोन किन उठाइ रहनुभएको छ ?'

  • सोमी सलमानसँग ग्यालेक्सी अपार्टमेन्टमा बस्थे

सोमीले थप भनिन्, ‘पछि ऐश्वर्या सलमानको जिममा आउन थालिन्, जहाँ सलमान र म सँगै बस्थ्यौँ । म सलमानसँग ग्यालेक्सी अपार्टमेन्टको भुईं तल्लामा बस्थेँ, जहाँ हाम्रो जिम पनि थियो।

उनले भनिन्, ‘मैले सलमानसँग काम गर्नेहरूबाट उनीहरूको प्रेमबारे जानकारी पाइरहेकी थिएँ । मलाई मेरो हृदयमा थाहा थियो कि उनीहरूको सम्बन्ध अझै गहिरो बन्ने छ । मलाई यो पनि थाहा थियो कि अब यो मेरो लागि छोड्ने समय हो।’

MV5BYzc4NjhkNDEtM2ZjZS00NzU0LWFjZjItZjg2Njg0ODhlOWU1XkEyXkFqcGc@._V1_

सोमीको बयान अघि नै मिडिया रिपोर्टमा सलमान र ऐश्वर्या फिल्म हम दिल दे चुके सनमको सेटमा नजिक भएको उल्लेख गरिएको थियो । फिल्ममा उनीहरूको अनस्क्रिन केमेस्ट्रीलाई निकै तारिफ गरिएको थियो । तर, यो सम्बन्ध लामो समय टिक्न सकेन र सन् २००१ मा दुवैले अलग हुने निर्णय गरे ।

सलमानसँग अलग भएपछि ऐश्वर्याले २० अप्रिल २००७ मा अभिषेक बच्चनसँग विवाह गरिन् ।

Back to top