×

लेबनानी हिजबुल्लाह समूहसँगको तनावपछि इजरायलले हाइफा सहरमा सुरक्षा सतर्कता बढाएको छ। 

हिजबुल्लाह समूहले निरन्तर रकेट आक्रमण जारी राखेपछि इजरायलले हाइफा सहर अन्य उत्तर क्षेत्रका मानिसहरुलाई भेला हुन, भीड गर्न प्रतिबन्ध लगाएको हो। 

इजरायली सुरक्षा बल आईडीएफका प्रवक्ता ड्यानियल हागारीले दक्षिणी लेबनानमा हिजबुल्लाहद्वारा इजरायली क्षेत्रमा आक्रमणको तयारी गरिरहेको पत्ता लागेपछि व्यापक रूपमा हवाई आक्रमण सुरु गरिएको बताए। इजरायली सेनाले हिजो बेरुतमा गरेको हवाई आक्रमणमा हिजबुल्लाहका वरिष्ठ कमाण्डरसहित ३७ जनाको मृत्यु भएको थियो।

त्यसअघि लेबनानमा हिजबुल्लाह समूहले प्रयोग गर्ने संचारसेटहरु पेजर तथा वाकीटकीमा विस्फोट हुँदा ३७ जनाको मृत्यु भएको थियो भने ३ हजार मानिस घाइते भएका थिए। यस क्षेत्रमा तनाब बढ्दै गएपछि अमेरिकी सरकारले आफ्नो नागरिकहरूलाई लेबनान छोड्न निर्देशन दिएको छ। 

गएराति हिजबुल्लाह समूहले इजरायलको उत्तरी रामात डेविड हवाई आधारमा रकेट प्रहार गरेको दाबी गरेको छ। हिजबुल्लाह समूहले आफूहरुले प्रहार गरेका रकेट इजरायलका भित्रि भागसम्म पुगेको दाबी गरेको छ।

Back to top