×

अजय देवगण र दीपिका पादुकोण स्टारर ‘सिंघम ३’ तिहारको लक्ष्मीपूजामै आउने निश्चित भएको छ । बलिउड वेब पोर्टल बलिउड हंगामा डटकमका सम्पादक तथा व्यापार विश्लेषक तरण आदर्शले दीपावलीमै फिल्म आउने उल्लेख गरेका छन् ।

मंगलबार मात्रै उक्त पोर्टलले ‘सिंघम ३’ पोस्टपोन्ड हुनसक्ने सम्भावनाबारे समाचार लेखेको थियो । ‘सिंघम ३’ सोही मितिमा आउने भएपछि बलिउड बक्स अफिसमा उसको भिडन्त ‘भुलभुलैया ३’ सँग हुनेछ । आदर्शले ‘सिंघम ३’ का निर्माताले यसबारे आधिकारिक धारणा सार्वजनिक गर्न लागेको उल्लेख गरेका छन् ।

रोहित सेट्टीको कप युनिभर्सको यो फिल्मका अघिल्ला भागले नेपालमा समेत राम्रो कमाइ गरेका छन् । यसको प्रभाव नेपाली बक्स अफिसमा पनि देखिनेछ । यो मितिमा नेपाली फिल्महरु पूर्णबहादुरको सारंगी र एक्टर पनि रिलिज हुँदैछन् । दिवाकर भट्टराईको ‘मायावी’को प्रदर्शन भने पछि हटेको छ ।

Back to top