×

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालमा १४ प्रदेशको आवश्यकता रहेको बताएका छन्। एक टेलिभिजन अन्तर्वार्तामा उनले वर्तमान सात प्रदेशको संरचनालाई अपर्याप्त ठहर गर्दै १४ प्रदेशको पक्षमा रहेको धारणा व्यक्त गरेका हुन्।

पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा, प्रदेशको खारेजी सम्बन्धी बहसबारे सोधिएको प्रश्नमा प्रचण्डले प्रदेशलाई आवश्यक अधिकार नदिई त्यसको खारेजीको कुरा गर्नु बेइमानी भएको बताए। उनले सात प्रदेशलाई ‘सेतो हात्ती’ भन्नु उचित नहुने बताए।

प्रचण्डले थप स्पष्ट पारे, "हाम्रो धारणा अनुसार हामी १४ वटा प्रदेशको पक्षमा छौं। यसबारे पहिले पनि सहमति नजिक पुगेको थियो। १४ प्रदेश नहुनेमा के छ?" उनले भने, समानुपातिक निर्वाचन प्रणाली प्रत्यक्ष प्रणालीभन्दा कम खर्चिलो भएको उल्लेख गर्दै आफू र आफ्नो पार्टी पूर्ण समानुपातिक प्रणालीको पक्षमा रहेको बताए।

प्रचण्डको यो भनाइले नेपालमा प्रदेश संरचनाबारे नयाँ बहसलाई थप सघन बनाउने अपेक्षा गरिएको छ।

Back to top