×

पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स युरो-२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ। फ्रान्सले पेनाल्टी सुटआउटमा पोर्चुगललाई ५-३ गोलले पराजित गरेको हो। 

अब फ्रान्सले सेमिफाइनलमा स्पेनको सामना गर्नेछ। स्पेनले अतिरिक्त समयमा आयोजक जर्मनीलाई पाखा लगाउँदै अन्तिम चारमा पुगेको हो। मंगलबार हुने सेमिफाइनल खेल म्युनिखमा खेलाइनेछ।

फ्रान्स समूहगत चरणको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो। प्रारम्भिक चरणमा फ्रान्स समूह ‘डी’ मा थियो। फ्रान्सले तीनमध्ये एक खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो।

फ्रान्स युरोकपको दुई पटकको विजेताहो। फ्रान्सले सन् १९८४ मा युरोकपको उपाधि चुमेको थियो।  सन् २००० मा पनि फ्रान्सले युरोकपको उपाधि उचालेको थियो। त्यतिवेला फाइनलमा फ्रान्सले इटालीलाई हराएको थियो। 

फ्रान्स सन् २०१६ मा पनि युरोकपको फाइनलसम्म पुगेको थियो। घरेलु मैदानमा आयोजित त्यो युरोकपको फाइनलमा ऊ पोर्चुगलसँग अतिरिक्त समयमा १–० गोलले पराजित भएको थियो। 

Back to top