×

हरेक घरमा दैनिक रुपमा प्रयोग हुने आलुको बोक्रा हामीले फाल्ने गर्छौं । तर, आलुको बोक्रा भान्सामा सरसफाइमा प्रयोग हुन सक्छ ।

आलुको बोक्राको सहयोगले तपाईं जलेको कराई सफा गर्न सक्नुहुन्छ । यसका लागि एउटा कचौरामा आलुको बोक्रा राख्नुहोस् र यसमा नुन मिसाउनुहोस् । त्यसपछि जलेको भागमा उक्त मिश्रणले केहीबेर रगडेर सफा गर्नुहोस् । उक्त मिश्रणलाई १० मिनेट जति कराईमै रहन दिनुहोस् र तातो पानी र भाँडा धुने साबुनको सहयोगले सफा गर्नुहोस् ।

तपाईंको भान्साको झ्यालका सिसाहरु फोहोर भएका छन् भने आलुको बोक्राले सफा गर्न सक्नुहुन्छ । यसका लागि बोक्राको भित्री भागले सिसालाई घोटेर सफा गर्नुहोस् ।

यसैगरी तपाईं आलुको बोक्राको सहयोगले ग्यास चुलो, टायल आदि पनि सफा गर्न सक्नुहुन्छ । तपाईं बोक्रालाई केही घण्टा पानीमा डुबाएर राख्ने उक्त पानीले पनि सफाईको काम गर्न सक्नुहुन्छ ।

बाहिरी रासायनिक पदार्थ प्रयोग गरेको सामाग्रीबाट बच्न सक्नुहुन्छ । आलुको बोक्राले सफा गर्दा रसायन खानामा आउनबाट पनि जोगाउँछ ।

Back to top