×

व्यस्त जीवनशैलीका कारण कतिपय मानिसले आफ्नो लागि समय निकाल्न सक्दैनन् । जसको कारण उनीहरु एक्लो र कमजोर महसुस गर्न थाल्छन् । यस्तोमा डिप्रेशन जस्तो समस्या पनि हुन थाल्छ ।

यसबाट बच्न केही सजिला तरिका पनि छन्, जसलाई अपनाएर तपाईंले मानसिक शान्ति प्राप्त गर्न सक्नुहुन्छ ।

खेलकुद एकदमै राम्रो तरिका हुन सक्छ । अमेरिकामा गरिएको एक अध्ययनमा यो कुरा पत्ता लागेको छ कि खेलकुदमा सहभागी हुनेहरु मानसिक रुपमा मजवुत हुन्छन् ।

डिप्रेशनको एउटा मात्रै कारण हुँदैन । यो विभिन्न कारणहरुले हुन सक्छ । यसमा व्यक्ति मानसिक रुपमा अस्वस्थ महसुस गर्दछ ।

डिप्रेशनको पहिचान गर्न एकदमै गाह्रो हुन्छ । व्यक्तिमा मुड स्वींग हुन सक्छ । यसमा दोस्रो व्यक्तिले तपाईंको समस्या बुझ्न सक्दैन ।

यदि तपाईं मानसिक तनावबाट बच्न चाहनुहुन्छ भने टी स्पोर्ट्सले एकदमै सहयोग गर्न सक्छ । यसले मन र दिमाग दुवै खुशी रहन्छन् ।

जीवनमा नकारात्मकता भगाउन पनि खेलकुद महत्त्वपूर्ण माध्यम हो । यो उपायले मनमा आउने नकारात्मक विचार टाढा हुन सक्छन् ।

मानिससँग खेल्ने, कुरा गर्ने गरेमा मन पनि स्वस्थ रहन्छ । यसले तनावको समस्या कम हुन्छ । एक्लै शारीरिक व्यायाम गर्नुहुन्छ भने धेरै फाइदा नदिन सक्छ । यस्तोमा खेलकुद धेरै लाभदायक हुन सक्छ ।

Back to top