×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा ९ स्थित जीवनज्योती मा.वि. मा कक्षा सजावट प्रतियोगीता सम्पन्न भएको छ । 

विद्यालयमा शिक्षण प्रक्रियालाई थप प्रभावकारी बनाउन र विद्यार्थीको प्रतिभालाई प्रस्फोटन गर्ने अभिप्रायले प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक शिव गुप्ताले बताए । उनका अनुसार, कक्षाकोठा सफा र व्यवस्थित राख्न विद्यार्थीलाई प्रेरित गर्न र सिकाइको माध्यमलाई प्रोत्साहित गर्न यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको छ । 

विद्यालय व्यवस्थापन समितिले विद्यार्थीहरूको समुचित विकासमा विशेष ध्यान दिँदै विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको प्रबन्ध निर्देशक मिनाक्षी गुप्ताले बताइन् । 

प्रतियोगितामा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए । जसअन्र्तगत कक्षा ५ देखि ७ समूहमा कक्षा ७ उत्कृष्ट रहेको छ भने कक्षा ८ देखि १० समूहमा कक्षा १० उत्कृष्ट भएको छ ।

प्रतियोगितामा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त, कञ्चनजंघा मा.वि.का प्रबन्ध निर्देशक मार्टिन मोक्तान, वीरगञ्ज युवा समाज अध्यक्ष सञ्जीव थापा र आकाश जोशीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 
 

Back to top