×

भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा भारतका पूर्व उपप्रधानमन्त्री लालकृष्ण आडवाणीलाई बुधबार राति दिल्लीको एम्स अस्पताल भर्ना गरिएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार ९६ वर्षीय आडवाणीलाई एम्सको निजी वार्डमा भर्ना गरिएको हो। अस्पतालको युरोलोजी विभागका डाक्टरहरूले उनको उपचार गरिरहेका छन्।

आडवाणीलाई के कारणले भर्ना गरिएको हो भन्ने विषयमा अहिलेसम्म कुनै ठोस जानकारी नआएको बीबीसी हिन्दीले जनाएको छ।  उनको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको जनाइएको छ।

Back to top