×

हालै सांसद बनेर चर्चामा रहेकी बलिउड अभिनेत्री स्टारर फिल्म ‘इमर्जेन्सी’ को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी भदौ २१ अर्थात सेप्टेम्बर ६ मा रिलिज हुने टुंगो लागेको हो।

यसअघि यस फिल्मको प्रदर्शन मिति पटक पटक सारिएको थियो। कंगनाले एक पोस्टर सेयर गर्दैँ सामाजिक सञ्जालमार्फत नयाँ मितिबारे जानकारी गराएकी हुन्।

‘भारतको अध्यारो अध्याय स्वतन्त्रताको ५० औं वर्षको सुरुवात। इमेर्जेन्सी ६ सेप्टेम्बर २०२४ बाट सिनेमाहलमा रिलिज हुनेछ। भारतीय लोकतन्त्रको इतिहासको सबैभन्दा विवादस्पद घटनाको विस्फोटक गाथा इमेर्जेन्सी विश्वभरका सिनेमा हलहरुमा लाग्नेछ,’उनले लेखेकी छिन्।

यो फिल्म भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको जीवनीमा आधारित छ। फिल्ममा कंगना इन्दिराको भूमिकामा देखिएकी छिन्। फिल्ममा कंगनाकै निर्माण र निर्देशन रहेको छ।

कंगनाको कथा रहेको फिल्मको पटकथा भने रितेश शाहले लेखेका हुन्। यस फिल्ममा कंगनासहित अनुपम खेर, महिमा चौधरी, मिलिन्द सोमन, श्रेयस तलपडे, विशाक नय्यर, सतीश लगायतको अभिनय छ।

Back to top