×

वीरगञ्ज । राजस्व अनुसन्धान विभागले वीरगञ्जमा फेरी अर्काे घरमा शिलबन्दी गरेको छ ।

वीरगञ्जको श्रीपुरस्थित एक घरमा छापा मारेर शिलबन्दी गरेको हो । घरबाट केही कागजात पनि नियन्त्रणमा लिएको छ । यसका बारेमा टोलीले केही पनि बताउन चाहेन । यो घर कसको हो  ? अनि किन शिल गरियो भन्ने विवरण विभागको टोलीले दिएन । 

यो पनि पढ्नुहोस् । वीरगञ्जको एक घरमा राजस्व अनुसन्धान विभागको छापा, घरमा शिलबन्दी

विभागका सूचना अधिकारी नवराज अधिकारीको फोन उठेन । यसअघि टोलीले छपकैयास्थित एक घरमा पनि छापा मारेको थियो । 
 

Back to top