×

वीरगञ्ज । राजस्व अनुसन्धान विभागले वीरगञ्जको एक घरमा शिलबन्दी गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ स्थित मदरल्याण्ड स्कुल नजिकैको तीन तले घरमा विभागको टोलीले छापा मारेर शिलबन्दी गरेको हो । 

विभाग अन्र्तगतको टोलीले एक घरबाट छापा मारेर केही कागज पत्र र दुई जनालाई पक्राउ गरेर लगेको छ । विभागको टोली आएको खबर पाए लगत्तै घटनास्थलमा पुगेका सञ्चारकर्मीलाई तस्बिर पनि खिच्न दिइएन । खिचेको तस्बिर पनि मोबाइल मागेर डिलिट गरियो । 

त्याहाँ आएका सशस्त्र प्रहरी नायब उपरीक्षकले राजस्व विभागका प्रवक्तालाई सम्पर्क गरेर जानकारी लिन आग्रह गरे । तर विभागका सूचना अधिकारी नवराज अधिकारीको मोवाइल स्विच अफ छ ।

स्थानीयका अनुसार उक्त घरका घरधनी सप्तरीको राजबिराजमा बस्छन् । यो घर भाडामा लगाएका छन् । भाडाको घरमा मानिसहरु झोलामा पैँसा बोकेर तास खेल्न आउने गरेको एक प्रत्यक्षदर्शीले बताएका छन् । 

आन्तरिक राजस्व विभागको टोलीले सूचना लुकाउनुलाई शंकास्पद रुपमा हेर्न सकिन्छ । विभागले यसअघि पनि पटकपटक वीरगञ्जमा छापामार गरेर काठमाण्डौ बोलाउने र मोलमोलाईजा गरी कुरा मिलाउने गरेको वीरगञ्ज उद्योग वाणिज्य संघका एक पदाधिकारीले बताए । 
 

Back to top