×

तस्बिर : मधेस खबरबाट साभार ।

वीरगञ्ज । वीरगञ्ज – ८ स्थित शिवा हस्पिटलको गल्लीमा टेलिफोन सेवा प्रदायक एनसेलले आफ्नो नयाँ ग्राहक सेवा केन्द्र स्थापना गरेको छ । सेवा केन्द्रको बिहीबार एक कार्यक्रमका बिच एनसेलका कर्मचारी प्रमुख स्टेफेन रोड्रीगेजले गरेका छन् ।

वीरगञ्जको माइस्थान चोकस्थित सेवा केन्द्र बन्द गरेर एनसेलले शिवा अस्पतालको गल्लीमा सुविधा सम्पन्न नयाँ केन्द्र सञ्चालनमा ल्याइएको हो । 
सेवा केन्द्रमा पर्सा, बारा र रौतहट गरी तीन जिल्लाका लागि एनसेलको क्षेत्रीय कार्यालय पनि सञ्चालनमा ल्याइएको कष्टमर एक्सपेरियन्स प्रबन्धक ज्योति दाहालले जानकारी दिइन् ।

दाहालका अनुसार बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको नयाँ एनसेल सेवा केन्द्रबाट प्रिपेड बिल भुक्तानी, नयाँ सिम वितरण, फोरजी सिम वितरण लगायतका सेवाहरू उपलब्ध हुने छन् ।

कम्पनीका ग्राहकलाई फेस टु फेस सेवा दिनका लागि पनि नयाँ सेटअपसहितको सेवा केन्द्र सञ्चालन गरिएको उनले बताइन् । दाहालका अनुसार देश भरी एनसेलको ३३ वटा सेवा केन्द्र सञ्चालनमा छन् ।

Back to top