×

वीरगञ्ज । प्रहरी प्रधान कार्यालयले ५१९ जना इन्स्पेक्टरको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको निर्णय अनुसार जेठ महिनाको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी इन्स्पेक्टरहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत इन्स्पेक्टर मनीषा लौडारीको सरुवा भएको छ । डेढ वर्षभन्दा पनि लामो समयदेखि जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत रहेकी लौडारीको नेपाल प्रहरी शिक्षालय पाठ्यक्रम विकास शाखा भरतपुर, चितवन सरुवा गरिएको हो । उनको ठाउँमा एल्जीना राईलाई पठाइएको छ । राई यसअघि नेपाल प्रहरी शिक्षालय पाठ्यक्रम विकास शाखा भरतपुर, चितवनमा कार्यरत थिइन् ।

त्यस्तै इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत इन्स्पेक्टर मोहन विक्रम केसीको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय विपद् उद्धार कार्यालय १ सामाखुसी काठमाडौँ सरुवा गरिएको छ । लामो समयदेखि इलाका प्रहरी कार्यालयमा कार्यरत रहेका केसीको स्थानमा मुकेश ताम्राकारलाई पठाइएको छ ।

त्यसै गरी इलाका प्रहरी कार्यालय ठोरीमा कार्यरत रहेका सन्तोष राईलाई झापास्थित इलाका प्रहरी कार्यालय अनारमनीमा सरुवा गरिएको छ । उनको स्थानमा प्रहरी प्रधान कार्यालयले नरेश लिम्बुलाई पठाएको छ ।

त्यस्तै पर्साको इलाका प्रहरी कार्यालय पटेर्वा पथरीमा कार्यरत इन्प्स्पेक्टर राम राजा केशरीको मकवानपुरस्थित बागमती प्रदेश प्रहरी कार्यालय आन्तरिक लेखा परीक्षण शाखा हेटौँडामा सरुवा गरिएको छ । उनको ठाउँमा कार्यभार सम्हाल्न प्रवेश कार्कीलाई पठाएको छ ।

यस्तै पर्सास्थित नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालयमा कार्यरत धन कुमारी राईको नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय सिन्धुली (काज: जिल्ला प्रहरी कार्यालय उदयपुर) सरुवा गरिएको छ । उनको स्थानमा हरि श्रेष्ठ आउने भएका छन् । पर्सास्थित नेपाल प्रहरी प्रदेश कार्यालय लागूऔषध नियन्त्रण एकाइ वीरगञ्जमा कार्यरत रहेका विश्वनाथ यादवको जिल्ला प्रहरी कार्यालय रामेछाप मानव स्रोत व्यवस्थापन शाखामा सरुवा गरिएको छ । उनको ठाउँमा रञ्जन कुमार गिरिलाई पठाइएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत रहेका सानुकान्छा रम्तेललाई इलाका प्रहरी कार्यालय टोकरपुर रामेछाप सरुवा गरिएको छ । उनको स्थानमा मणिराम थापालाई पठाइएको छ ।

सरुवा काज सूची, हेर्न यहा किलीक गर्नुस

Back to top