×

वीरगञ्ज । प्रचण्ड गर्मीले आहत भएका वीरगञ्जबासीले वर्षा भएसँगै राहत महसुस गरेका छन् । अधिकतम ४४ डिग्री सेल्सियससम्मको तापक्रमले यहाँको जनजीवन पनि प्रभावित भएको थियो । 

मंगलवार दिउँसोदेखि चलेको हावाहुरी र चट्याङ्सहितको वर्षाले वीरगञ्जबासीले राहतको महसुस गरेका छन् । यद्यपी हावाहुरी, चट्याङ्सहितको वर्षाले असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन पनि मौसमविद्ले अनुरोध गरेका छन् । 

साथै गर्मी अत्यधिक भएसँगै यहाँका चापाकलमा पिउने पानीसमेत सुक्न थालेको थियो भने केही ठाउँमा पानीको हाहाकार भएको छ । 

केही दिन यसरी नै पानी परीरहेमा जमिनमुनीको पानीको सतह माथी आउने र पिउने पानीको समस्या पनि समाधान हुने आश वीरगञ्जबासीले गरेका छन् । 

यसअघि अन्तिम पटक होलीमा राती केही समयका लागि वर्षा भएको थियो । 

Back to top