×

वीरगञ्ज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक बस्दै छ । पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

जसपा हालै विभाजित भएको छ । आफू विदेशमै भएको बेला अशोक राईको नेतृत्वमा बहुमत सदस्यले पार्टी फुटाएपछि अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव भ्रमण छोट्ट्याएर गए राति फर्किएका हुन् ।

बैठकमा विभाजनको वैधताबारे पनि पार्टीमा छलफल हुने बताइएको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि जसपा नेपालले आपत्ति जनाउँदै आएको छ ।

आयोगको निर्णय विरुद्धमा कानुनी उपचार खोज्ने जसपा नेपालको तयारी छ । दल दर्ता सम्बन्धी कानुन निष्क्रिय भएको बेला निर्वाचन आयोगले राई नेतृत्वको पार्टी कसरी दर्ता गर्‍यो भन्दै यादव पक्षको जसपा त्यसका विरुद्धमा अदालत जाने भएको हो । यस विषयमा पनि आजको बैठकमा थप छलफल हुने बताइएको छ ।

Back to top