×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । 

अघिल्लो दिन (शुक्रवार) प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँ कारोबार भएको छापावाला सुनको मूल्य आइतबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रवार चाँदीको मूल्य १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य ५ रुपैयाँले घटेको हो ।

Back to top