×

वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा गुजरात टाइटन्सले पंजाव किंग्सलाई ३ विकेटले पराजित गरेको हो ।

पञ्जावले दिएको १४३ रनको लक्ष्य पछाएको गुजरातले १९.१ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गरेको पञ्जावले २० ओभरमा अलआउट हुदै १४२ रन बनाएको थियो ।

यो यस सिजनमा गुजरातको चौथो जित हो । ८ खेलमा ४ जित र ४ हारसहित ८ अङ्क हासिल गरेको गुजरात अङ्क तालिकामा छैटौँ स्थानमा उक्लिएको छ ।

त्यस्तै पञ्जावको भने यस सिजनमा यो छैटौँ हार हो । ८ खेलमा २ जित मात्र हासिल गरेको पञ्जाव नवौँ स्थानमा रहेको छ ।

Back to top