×

वीरगञ्ज । धनुषामा प्रहरीले एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाले प्याजसहितको ना ८ ख ६३०० नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

शङ्कास्पद कागजपत्रको आधारमा शहीद नगर नगरपालिका–२ तीनकोरिया बीरेन्द्रबजारबाट प्याजसहितको ट्रक समातेको र आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद प्याज तीन लाख २७ हजार रुपैयाँ बराबरको रहेको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषा मातहतको बीओपी फुलगामाले हिजो दिउँसो मुसहरनिया गाउँपालिका–६ मरघटियाबाट भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको ३२ थान मोबाइल बरामद गरेको छ ।

मोटरसाइकलमा ल्याउँदै गरेको मोबाइलको मूल्य ५ लाख ३५ हजार बराबर छ । आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Back to top