×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य स्थिर रहेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलवार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसै गरी यता, चाँदीको भाउ ३५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Back to top