×

आफ्नो स्वास्थ्यलाई राम्रो बनाउनका लागि धेरैजसोले फल खान मन पराउँछन् । तर हरेक फललाई खाने सही समय हुन्छ जसको ध्यान नदिँदा शरीरसँग जोडिएका कैयौं समस्याहरु हुन सक्छन् ।

आज हामी यहाँ साँझामा खाँदा स्वास्थ्यमा खराबी गर्न सक्ने खालका फलफूलहरुका बारेमा बताउनेछौं ।

स्याउ खानु स्वास्थ्यका लागि एकदमै धेरै फाइदाजनक मानिन्छ । तर रातको समयमा स्याउ खानबाट बच्नुपर्छ । यसले तपाईंलाई एसिडिटीको समस्या हुन सक्छ ।

सुन्तला(Orange) पनि रातको समयमा खानबाट बच्नुपर्छ । यो अमिलो फल मानिन्छ जसमा भिटामिन सी र फाइबर हुन्छ । साथमा यसलाई रातमा खाँदा ग्यासको समस्या हुन सक्ने सम्भावना हुन्छ ।

अंगुर(Grapes) पनि रातको समयमा खानु हुँदैन । यसमा अम्लीय पदार्थ हुन्छ जसलाई रातमा खाँदा एसिडिटीको समस्या हुन सक्छ ।

खरबुजा पनि दिउँसोको समयमा खानु फाइदाजनक मानिन्छ । किनकी यसमा धेरै मात्रामा पानी हुन्छ जसलाई साँझमा खाँदा पेट फुल्ने समस्या हुन सक्छ ।

अम्बालाई पनि चिसो फलको रुपमा मानिन्छ । त्यसैले यसलाई पनि साँझको समयमा खानबाट बच्नुपर्छ ।

केरा (Banana)त्यस्तो फल हो जो बुढाबुढी तथा बालबालिकालाई अत्यधिक मन पर्छ । यो खानमा जति सजिलो हुन्छ त्यति नै फाइदाजनक पनि हुन्छ । तर साँझमा खाँदा यसले चिसो हुने सम्भावना हुन्छ ।

Back to top